फरार कैदीबन्दी पक्राउ
सारांश
- नेपाल प्रहरीको ब्युरोले वन्यजन्तु ओसारपसार मुद्दाका फरार कैदी टसी तामाङलाई पक्राउ गर्यो।
- तामाङ भदौमा केन्द्रीय कारागारबाट भागेका थिए, उनलाई गोकर्णेश्वरबाट पक्राउ गरियो।
- २०७० सालको फैसला अनुसार उनलाई पाँच वर्ष कैद र जरिवाना तोकिएको थियो।
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदीबन्दीलाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई पक्राउ गरेको जनाएको छ ।
गत भदौ २३ र २४ को आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका तामाङलाई मंगलबार पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
संरक्षित वन्यजन्तु सालकको खपटा आखेटोपहार ओसारपसार गरेको मुद्दामा गौरीशङ्कर संरक्षण क्षेत्रको कार्यालय दोलखाको २०७० मङ्सिर १७ को फैसलाबमोजिम तामाङले पाँच वर्ष कैद र ६२ हजार १७५ जरिवाना ठहर भई जगन्नाथदेवल, सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।
कारागारबाट भागी फरार भई लुकिछिपी बसेको अवस्थामा ब्युरोको टोलीले काठमाडौँस्थित गोकर्णेश्वरबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण