‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु ? भाइरल भिडियोको यस्तो छ वास्तविकता
सारांश
- सामाजिक सञ्जालमा गोविन्दाको 'अवतार' अवतारको नक्कली भिडियो भाइरल भएको छ, जुन एआईको प्रयोगबाट बनाइएको हो।
- गोविन्दाले 'अवतार' फिल्ममा अभिनयको अफर अस्वीकार गरेको र शीर्षक सुझाव दिएको दाबी गरेका थिए।
- गोविन्दाको दाबीलाई धेरैले पत्याएका छैनन्, र उनका सहकर्मीहरूले फिल्म अफरबारे अनभिज्ञता व्यक्त गरेका छन्।
मुम्बई । हालै रिलिज भएको हलिउड फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग जोडिएर बलिउड अभिनेता गोविन्दाका केही भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्। ती क्लिपहरूमा गोविन्दालाई ना’भीको अवतारमा देखाइएको छ, जसका कारण उनले यो फिल्ममार्फत हलिउडमा डेब्यु गरेको दाबी गरिएको छ।
भाइरल भिडियोमध्ये एउटामा गोविन्दा चम्किलो भारतीय लुगामा देखिएका छन् भने अर्कोमा उनले आफ्नो चर्चित फिल्म ‘दीवाना मस्ताना’ को संवाद ‘हटा सावन की घटा’ बोलिरहेको देखिन्छ।
तर, यी सबै भिडियोहरू नक्कली हुन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर बनाइएका यी भिडियोहरूको वास्तविक फिल्मसँग कुनै सम्बन्ध छैन। फिल्ममा गोविन्दाको यस्तो कुनै पनि दृश्य समावेश गरिएको छैन।

यद्यपि, गोविन्दा र ‘अवतार’ बिचको चर्चा भने पुरानो हो। केही समयअघि गोविन्दाले आफूलाई निर्देशक जेम्स क्यामरुनले १८ करोड भारु अफर गर्दै फिल्मको मुख्य भूमिका प्रस्ताव गरेको दाबी गरेका थिए। तर, ४१० दिनसम्म सुटिङ गर्नुपर्ने र शरीरभरि रङ दल्नुपर्ने भएकाले आफूले स्वास्थ्यको कारण देखाउँदै उक्त अफर अस्वीकार गरेको उनले बताएका थिए।
गोविन्दाले त फिल्मको शीर्षक 'अवतार' राख्न आफूले नै सुझाव दिएको समेत दाबी गरेका थिए। गोविन्दाको यो दाबीलाई धेरैले पत्याएका छैनन्। उनीसँग धेरै फिल्ममा काम गरेका निर्माता पहलाज निहलानी र स्वयम् गोविन्दाकी पत्नी सुनिता आहुजाले पनि यो फिल्म कहिले अफर भएको थियो भन्नेबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण