कमेडियन रसेल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहारको नयाँ आरोप
बुधबार, ०९ पुस २०८२, १३ : २४
सारांश
- बेलायती हास्य कलाकार रसेल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेको छ।
- उनले पहिले नै पाँच आरोपहरूको सामना गरिरहेका छन्, र नयाँ दुई आरोप थपिएका छन्।
- यी मामिलामा, ब्रान्डले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।
लन्डन । बेलायती हास्य कलाकार तथा अभिनेता रसेल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेको छ।
उनीमाथि दुई महिला बलात्कारको अर्को आरोपका साथै यौन दुर्व्यवहारको अर्को एउटा आरोपमा अनुसन्धान भइरहेको क्राउन अभियोजन सेवा (सीपीएस)ले बताएको छ।
रसेल ब्रान्डले यसअघि नै बलात्कार, दुई यौन दुर्व्यवहार एक अभद्र व्यवहारको मुद्दा सहित पाँच आरोपमा मुद्दा खेपिरहेका छन् । यी मामिलामा रसेलले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । १९९९ र २००५ को बीचमा मध्य लन्डन र बोर्नमाउथमा लगाइएका पुराना पाँच आरोपमा ब्रान्डको मुद्दा २०२६ को जुन १६ मा साउथवार्क क्राउन अदालतमा सुरु हुँदैछ।
यसैगरी ५० वर्षीय ब्रान्ड दुई नयाँ आरोपको सम्बन्धमा २०२६ को जनवरी २० मा वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उपस्थित हुनु पर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण