नेप्से परिसूचकमा झिनो वृद्धि, ३ अर्ब २२ करोडको कारोबार
सारांश
- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुग्यो।
- आज ३३४ वटा कम्पनीको सेयर ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँमा कारोबार भयो, जुन अघिल्लो दिनको भन्दा कम हो।
- इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने ग्रामीण विकास लघुवित्तको शेयरमा गिरावट आयो।
काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर बन्द भएको छ ।
बजारमा झिनो सुधार देखिँदा कारोबार रकम भने घटेको छ । आज बजारमा कुल ३३४ वटा कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन ३ अर्ब ५० करोड बढीको कारोबार भएको थियो ।
आज कुल १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १४२ वटा कम्पनीको मूल्य घट्दा ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
समूहगत परिसूचकमध्ये आज बैंकिङसहित ६ समूहका सूचकमा वृद्धि हुँदा सात समूहका सूचक घटेका छन् । सबै समूहको उतारचढाव एक प्रतिशत भन्दा कम रहेको छ ।
आजको बजारमा इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.३२ प्रतिशत कमाएका छन् । त्यस्तै, नेशनल हाइड्रोपावर ४.२६ प्रतिशत, हिमस्टार उर्जा ४.१९ प्रतिशत र सिद्धार्थ बैंक ३.९७ प्रतिशतले बढेका छन् । आज सबैभन्दा धेरै गिरावट ग्रामीण विकास लघुवित्तको ४.२३ अंकले भएको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको १४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी मन्जुश्री फाइनान्सको १२ करोड ७९ लाख हुँदा बाँकी सबै कम्पनीको कारोबार रकम १० करोडभन्दा कम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण