बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार प्रकरण : विशेषद्वारा विशेषज्ञ झिकाउने आदेश

बुधबार, ०९ पुस २०८२, १५ : ३०
बुधबार, ०९ पुस २०८२

सारांश

  • विशेष अदालतले भेरी नगरपालिकाको वडा भवन निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेषज्ञ बोलाउने आदेश गरेको छ।
  • भवन निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा ८ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।
  • उनीहरूले ३६ लाखभन्दा बढीको भ्रष्टाचार गरेको अभियोग लागेको छ।

काठमाडौँ । विशेष अदालतले भेरी नगरपालिकाको ६,९ र १० नम्बरको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश गरेको छ । 

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरु हेमन्त रावल र विदुर कोइरालाको इजलासले भवन निर्माण अनियमिततामा विशेषज्ञको राय बुझ्नका लागि विशेषज्ञ झिकाउने आदेश जारी गरेको हो ।

भवन निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर समेत ८ जनाविरूद्ध अख्तियारले गत भदौ १२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा तथा न्यू बिके/नहाकुली जेभी तथा उक्त जेभीका साझेदारहरू न्यू बिके विल्डर्स एण्ड सप्लायर्सका प्रोप्राइटर गंगा कुमारी खड्का र नहाकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहराविरूद्ध मुद्धा दायर गरेको थियो ।

उनीहरूले भेरी नगरपालिकाको ६,९ र १० नम्बरको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा ३६ लाख २० हजार ५७८ रूपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप