जसपा नेपाल र स्वाधीन मधेस जनअभियानबिच कार्यगत एकता घोषणा
सारांश
- जसपा नेपाल र स्वाधीन मधेस जनअभियानले कार्यगत एकताको घोषणा गरेका छन्।
- दुवै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र दलविहीन निर्वाचन प्रणालीको लागि सङ्घर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।
- संविधान संशोधन, पहिचान र अधिकारका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने सहमति भएको छ।
ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेस जनअभियानबिच कार्यगत एकता घोषणा गरिएको छ। सोमबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त रूपमा सङ्घर्ष अघि बढाउने सहमति गरेका हुन्।
कार्यगत एकता घोषणापत्रमा दुवै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहीन निर्वाचन प्रणालीको पक्षमा सङ्घर्ष गर्ने सहमति भएको छ।
घोषणापत्रमा नेपालको संविधान अधुरो, अपुरो तथा त्रुटिपूर्ण र विभेदकारी रहेको ठहर गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनका लागि सङ्घर्ष जारी राख्ने उल्लेख छ। विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्र (State–Nation) को अवधारणा स्थापित गराउन पनि संयुक्त प्रयास गर्ने सहमति गरिएको छ।
मधेस जनविद्रोहबाट स्थापित सङ्घीय शासन प्रणालीलाई थप मजबुत बनाउँदै प्रदेशलाई अधिकार सम्पन्न बनाउने, मधेसी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसङ्ख्यक तथा पिछडा वर्गको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर सङ्घर्ष गर्ने घोषणापत्रमा उल्लेख छ।
साथै राज्यका सबै तह र निकायमा जातीय तथा सामुदायिक जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त सङ्घर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।
दुवै पक्षले हाल कार्यगत एकता गरी सङ्घर्षका कार्यक्रमहरू सँगै सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार एकता समेत गर्न सक्ने सहमति गरेका छन्। कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेस जनअभियानका संयोजक कैलाश महतोले घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण