गगन थापाले राखे निर्वाचन अगाडि तीन तहको मात्रै अधिवेशन गर्ने प्रस्ताव
सारांश
- नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापाले तीन तहको अधिवेशनको प्रस्ताव राखे।
- प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा भएको कुराको जानकारी दिए।
- अन्य नेताहरूले भने हचुवाका भरमा निर्णय गर्दा कार्यान्वयन गर्न नसकिने बताए।
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापाले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीका तीन तहको मात्रै अधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो बसेको बैठकमा महामन्त्री थापाले तीन तहको अधिवेशन गरेर निर्वाचनमा जाने प्रस्ताव राखेका बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
‘महामन्त्री गगन थापाजीले महाधिवेशनको कार्यतालिका सम्बन्धमा कुरा उठाउनुभएको थियो । वडा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरेर केन्द्रमा महाधिवेशन गरी निर्वाचनमा जाने प्रस्ताव उहाँले बैठकमा राख्नुभयो,’ प्रवक्ता महतले भने ।
तर, अन्य नेताहरूले भने पहिला हचुवाका भरमा निर्णय गर्दा कार्यान्वयन गर्न नसक्ने अवस्था आएको बताएका थिए । उनीहरूले सोच विचार गरेर कार्यान्वयन गर्न सक्ने गरी कार्यातालिका परिमार्जन गर्नुपर्ने बताएको प्रवक्ता डा.महतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण