चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा
बुधबार, ०९ पुस २०८२, १८ : १०
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक दिनका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ ।
उपमहानगरपालिकाले आज एक सूचना निकाल्दै बढ्दो चिसो र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्य जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाएको छ ।
सूचनामा यस शैक्षिक सत्रको शैक्षिक क्यालेन्डरअनुसार पुस १७ गतेदेखि माघ २ गतेसम्म तोकिएको जाडो बिदाबाट कट्टा हुने गरी व्यवस्थापन गरिने उल्लेख छ । साथै मौसममा सुधार नभए थप जाडो बिदाको निर्णय गरी पुनः सूचना प्रकाशित गरिने उपमहानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण