सरकार भेट्न सिंहदरबार जानुपर्थ्यो, अहिले सरकार नै पार्टी कार्यालयमा आयोः रास्वपा
सारांश
- सरकार र रास्वपाबीचको छलफल सकारात्मक रूपमा अघि बढेको छ।
- रास्वपा प्रवक्ताका अनुसार, सरकार आफैँ दलको कार्यालयमा पुगेर छलफल गर्नु राम्रो संकेत हो।
- कानुनमन्त्रीका अनुसार, निर्वाचन नै वर्तमान सरकारको मुख्य लक्ष्य हो र रास्वपाले पनि यसमा सहमति जनाएको छ।
काठमाडौँ । सरकारले गठन गरेको राजनीतिक संवाद समिति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिचको छलफल सकारात्मक रूपमा अघि बढेको छ।
संवाद समितिसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा प्रवक्ता मनिष झाले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने बाध्यता अन्त्य भएको बताए। सरकार आफैँ राजनीतिक दलको कार्यालयमा पुगेर छलफल थाल्नुले राजनीति र आसन्न निर्वाचनका लागि राम्रो वातावरण बनाउने उनको भनाइ छ।
सरकारले निर्वाचनको माहौल बनाउन गरेको यस्तो पहलको प्रशंसा गर्दै प्रवक्ता झाले यसलाई सकारात्मक राजनीतिको सुरुवात भनेका छन्। उनले सत्ता पक्ष र सरकारले देखाएको यो तत्परताले देशमा राजनीतिक स्थिरता र निर्वाचनको सुनिश्चितता गर्ने विश्वास समेत व्यक्त गरे।
छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले अहिलेको अवस्थामा निर्वाचन बाहेक अर्को कुनै विकल्प नरहेको स्पष्ट पारे। रास्वपाले पनि एकमत भएर निर्वाचनमा जाने प्रतिबद्धता जनाएको जानकारी उनले दिए। मन्त्री सिन्हाका अनुसार आगामी फागुन २१ गतेको निर्वाचन नै वर्तमान अन्तरिम सरकारको मुख्य लक्ष्य अर्थात् 'अर्जुनदृष्टि' रहेको छ।
मन्त्री सिन्हाले सरकारको तयारीभन्दा अगाडि नै रास्वपा निर्वाचनमा होमिएको जस्तो देखिएको चर्चा गर्दै निर्वाचन नहुनेमा शङ्का नगर्न आग्रह गरे। इतिहासमै पहिलोपटक सरकार राजनीतिक दलको कार्यालयमै पुगेर संवाद गर्ने नयाँ रेकर्ड कायम भएको दाबी समेत उनले गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण