सप्तरीमा शीतलहरको कहर : बोदे बर्साइनका सबै विद्यालय चार दिनका लागि बन्द
सारांश
- सप्तरीको बोदे बर्साइन नगरपालिकाले जाडो बढेपछि विद्यालयहरूमा चार दिन बिदा दिएको छ।
- तराई क्षेत्रमा शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि बालबालिकालाई विद्यालय जान समस्या भएको छ।
- जाडोका कारण विद्यालय, बजार र सरकारी कामकाज प्रभावित भएका छन्, सतर्कता अपनाउनुपर्ने अवस्था छ।
सप्तरी । अत्यधिक जाडो र शीतलहर बढेपछि सप्तरीको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण विद्यालयमा चार दिनका लागि बिदा दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै आजदेखि पुस १३ गतेसम्मका लागि सबै शिक्षण संस्था बन्द रहने जानकारी दिएको हो।
नगर प्रमुख आतेशसिंह यादवका अनुसार तराई क्षेत्रमा विगत केही दिनदेखि चलिरहेको शीतलहरका कारण जनजीवन निकै कष्टकर बनेको छ। बिहानीपख लाग्ने बाक्लो कुहिरो र चिसो हावाका कारण साना बालबालिकालाई विद्यालय आउजाउ गर्न र कक्षाकोठामा बस्न निकै असहज भएपछि बिदा दिने निर्णय लिइएको उनले बताए।
केही दिनयता घाम नलाग्ने र तापक्रम ह्वात्तै घटेपछि सप्तरीसहित सम्पूर्ण तराई-मधेसको जनजीवन प्रभावित भएको छ। जाडोका कारण विद्यालय मात्र नभई बजार र सरकारी कामकाजमा समेत असर पुगेको छ। चिसोबाट जोगिन सर्वसाधारणले सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण