दुई करोड १० लाख बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई करोड १० लाख बैंकिङ कसुरका फरार आरोपीलाई आज पक्राउ गरेको छ ।
कार्यालयले सुमितकुमार खेतानको जाहेरीका आधारमा बैंकिङ कसुरका आरोपी एसएन सप्लायर्सका प्रोपाइटर धनुषा घर भई काठमाडौँ बस्ने सन्तोषकुमार साहलाई आज काठमाडौँ महानगरपालिका–४ चन्डोलबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनी बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइको पनि आचार्यले बताए ।
उनीमाथि महोत्तरीमा रु एक करोड ७२ लाख र धनुषामा आठ लाख र झापामा ३० लाख बिगो बराबरको बैंकिङ कसुर गरेको अभियोग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण