खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक विकासमा टेवा पुग्छ: सभामुख यादव
सारांश
- सभामुख यादवले खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने बताए ।
- उनले युवा विद्यार्थीहरूलाई खेलमा लाग्न आग्रह गरे किनभने यसले कुलतबाट टाढा राख्छ ।
- प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न मद्दत गर्ने शोभाकान्त पाण्डेले बताए ।
जनकपुर । मधेस प्रदेशका सभामुख रामअशिष यादवले विद्यालय खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक विकासमा टेवा पुग्ने बताएका छन् ।
बुधबार यहाँ पाँचौँ अन्तर विद्यालयस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले कुलतबाट जोगाउनुका साथै शारीरिक र मानसिक विकासमा टेवा पुग्ने भएकाले खेलमा लाग्न युवा विद्यार्थीलाई आग्रह गरे ।
जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरूको पहिचानमा सहज हुने बताए ।
जनकपुर स्पोर्टस क्लब तथा न्यू भिजन नेपालको आयोजनामा सुरु भएको प्रतियोगिता चार वटा समूहमा ६–६ विद्यालयलाई विभाजन गरिएको छ । यहाँको १२ बिघा रङ्गभूमि मैदानमा सुरु भएको प्रतियोगितामा जिल्लाका संस्थागत तथा सामुदायिक गरी २४ वटा विद्यालयका विद्यार्थी सम्मिलित टोली सहभागी छन् ।
‘नक आउट’को आधारमा खेलाइने प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका संस्थापक सदस्य, प्रथम महाधिवेशनमा देखिने छैनन् चर्चित अनुहार
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
-
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त
-
लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
-
डीपसिकसहित सयभन्दा बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्न अमेरिकाको ढिलाइ
-
लेबनानमा युद्धविराम गर्न जी–सेभेन राष्ट्रहरूको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण