पूर्वराष्ट्रपति भण्डारीद्वारा चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
बिहीबार, १० पुस २०८२, ०० : २१
सारांश
- विद्यादेवी भण्डारीले रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्।
- भदौ २४ गते आगजनीमा परेर चित्रकार घाइते भएकी थिइन्।
- चित्रकार भारतमा उपचारपछि पुस ७ गते नेपाल फर्किइन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।
डल्लुस्थित निवासमा पुगेर चित्रकारको बुधबार उनले चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले चित्रकारको स्वास्थ्यलाभको कामना गरिन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उहाँ आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी थिइन् ।
चित्रकार करिब तीन महिना भारतमा उपचार गरेर यही पुस ७ गते नेपाल फर्किएकी थिइन् । यस अगाडि उनलाई भेट्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता राजेन्द्र श्रेष्ठ पुगेको पूर्वप्रधानमन्त्री झलनाथ खनालको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण