१७ वर्षपछि बंगलादेश फर्किए तारिक रहमान, आगामी प्रधानमन्त्रीका मुख्य दाबेदार
सारांश
- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन्।
- लन्डनमा निर्वासनमा रहेका रहमान भ्रष्टाचार मुद्दा र गिरफ्तारीबाट बच्न स्वदेश फर्केका हुन्।
- आगामी निर्वाचनमा बीएनपी चुनाव जित्ने बलियो दाबेदार देखिएको छ, र तारिक रहमान प्रधानमन्त्रीका मुख्य हकदार हुन्।
ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमान १७ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएका छन्। ढाका विमानस्थलमा उनलाई स्वागत गर्न करिब १ लाखभन्दा बढी पार्टी कार्यकर्ताहरू भेला भएका छन्।
सन् २००८ मा तत्कालीन शेख हसिना सरकारले लगाएका भ्रष्टाचारका मुद्दा र गिरफ्तारीबाट बच्न उनी लन्डन पलायन भएका थिए। हसिना सरकारको पतनपछि उनी स्वदेश फर्किएका हुन् । यसलाई बंगलादेशको राजनीतिमा ठूलो परिवर्तनको सङ्केत मानिएको छ।
सन् २०२६ फेब्रुअरी १२ मा बंगलादेशमा आम निर्वाचन हुँदैछ। शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लागेकाले अहिलेको अवस्थामा बीएनपी चुनाव जित्ने सबैभन्दा बलियो दाबेदार देखिएको छ।
पार्टी अध्यक्ष खालिदा जिया ८० वर्ष पुगेको र गम्भीर बिरामी भई आईसीयूमा भर्ना भएकाले तारिक रहमान नै आगामी प्रधानमन्त्रीका मुख्य हकदार मानिएका छन्। गत जुनमा अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले बेलायत भ्रमणका क्रममा रहमानसँग भेट गरेपछि उनी भावी प्रधानमन्त्री बन्ने चर्चाले थप बल पाएको थियो।
तारिक रहमानले आगामी निर्वाचनलाई साधारण नभई बंगलादेशको इतिहासकै जटिल र महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्। अवामी लिग चुनावी मैदानमा नभएपछि अहिले रहमानका लागि नेसनल सिटिजन पार्टी (एनसीपी) प्रमुख चुनौतीका रूपमा देखा परेको छ।
हसिना विरुद्धको आन्दोलनमा सक्रिय रहेका र जमात–ए–इस्लामीको विद्यार्थी संगठनसँग जोडिएका युवाहरूले यो नयाँ पार्टी गठन गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण