आगामी निर्वाचन एक्लै लड्छौँ : विप्लव
बिहीबार, १० पुस २०८२, १४ : ३६
सारांश
- नेकपा माओवादीका महासचिव विप्लवले आगामी निर्वाचन एक्लै लड्ने घोषणा गरेका छन्।
- काठमाडौंको बुद्धनगरमा बसेको केन्द्रीय समितिको बैठकमा विप्लवले एक्लै निर्वाचनमा भाग लिने ब्रिफिङ गरेका हुन्।
- माओवादीले कुनै चुनावी तालमेल नगर्ने र १ सय ६५ स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने बताएको छ।
काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी निर्वाचन एक्लै लड्ने घोषणा गरेका छन् । काठमाडौँको बुद्धनगरमा बसेको केन्द्रीय समितिको विशेष बैठकमा विप्लवले एक्लै निर्वाचनमा भाग लिने ब्रिफिङ गरेका हुन् ।
‘माओवादी अहिले कसैसँग चुनावी तालमेल गर्दैन । हामी १ सय ६५ स्थानमा एक्लै प्रतिस्पर्धा गर्छौं । हामी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छौँ । निर्वाचनमा आचार्यजनक विजय प्राप्त गर्नेछौँ’, एक पोलिटब्युरो सदस्यले भने ।
जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, चुनावी रणनीति तथा पार्टीको भावी कार्यक्रमबारे ठोस निर्णय लिन बैठक जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण