गगन थापालाई महतको प्रश्न : आफ्नो जिम्मेवारीको काम कति गर्न सक्नुभयो ?
सारांश
- कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापालाई आफ्नो जिम्मेवारीबारे प्रश्न गरे।
- महतले थापालाई बाहिर बोल्दा जिम्मेवारी ख्याल गर्न र अतिरञ्जित कुरा नगर्न सुझाव दिए।
- प्रवक्ता महतले क्रियाशील सदस्यताको काम नसकिए महाधिवेशनको कार्यतालिका प्रभावित हुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महामन्त्री गगन थापालाई पार्टीले दिएको जिम्मेवारी कति पूरा गर्नुभयो भनेर प्रश्न गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. महतले महामन्त्री थापालाई बाहिर बोल्दा आफ्नो जिम्मेवारी ख्याल गर्न पनि सुझाए । थापा आफ्नो जिम्मेवारी भुलेर अतिरञ्जित हुनेगरी प्रस्तुत भइरहेकोले त्यसो नगर्न आग्रह गरे ।
महामन्त्री थापाले बुधबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि शक्ति आफैँमा राखेको बताएका थिए । त्यसको जवाफ दिँदै प्रवक्ता डा।महतले पार्टी महामन्त्रीबाट कार्यकर्ताले दोषारोपण होइन, जिम्मेवारीको अपेक्षा गर्ने बताए ।
‘उहाँ (गगन थापा) पार्टीको महामन्त्री हुनुहुन्छ उहाँबाट पार्टीका सबै साथीहरूले जिम्मेवारीको अपेक्षा गर्छन्। त्यसैले कुनै विषयलाई पनि हामीले अतिरञ्जित गर्ने गरी सार्वजनिक गर्न हुँदैन,’ प्रवक्ता डा.महतले सञ्चारकर्मीहरूसँग भने, ‘अहिले कसैलाई दोष दिने कुरा छैन ।’
प्रवक्ता डा.महतले सभापति देउवाले कार्यवाहक सभापति खड्का र महामन्त्री थापालाई दिएको जिम्मेवारीबारे पनि बेलिबिस्तार लगाए ।
‘सभापतिले कार्यवाहक दिएर बैठक सञ्चालनको जिम्मेवारी दिनुभएको छ। पार्टीको काम गर्ने, महाधिवेशनको काम अघि बढाउने जिम्मेवारी दिनुभएको छ,’ डा.महतले भने, ‘महामन्त्रीलाई त झन् क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी दिनुभएको छ। त्यसैले एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि आफ्नो जिम्मेवारीको काम कति गर्न सक्यौँ त्यो ख्याल गर्नुपर्छ।’
क्रियाशील सदस्यताको काम नसकिएकाले केन्द्रीय कार्य समिति बैठकले पारित गरेको कार्यतालिका अनुसार महाधिवेशनको काम हुन नसकेको बताउँदै प्रवक्ता डा.महतले क्रियाशील सदस्यताको विषय नटुङ्गी महाधिवेशनको प्रक्रिया अघि नबढ्ने बताए ।
उनको संकेत महामन्त्री थापा नेतृत्वको समितिले क्रियाशील सदस्यता नटुंग्याएकाले महाधिवेशनको कार्यतालिका प्रभावित भएको बताए ।
मङ्सिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गर्दै त्यसअनुरूपको कार्यतालिका पारित गरेको थियो । त्यो कार्यतालिका प्रभावित भइसकेको छ ।
क्रियाशील सदस्यता टुङ्ग्याउनु सबैभन्दा ठुलो चुनौती भएकाले वडादेखिको कार्यतालिका प्रभावित हुने डा.महतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण