नेकपाको शनिबार हुने भनिएको एकता सन्देश सभा स्थगित
बिहीबार, १० पुस २०८२, १९ : २५
जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) शनिबार सर्लाहीको सदरमुकाम मलंगवामा आयोजना गर्न लागिएको एकता सन्देश सभा स्थगित भएको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा हुने तय गरिएको उक्त सभा अन्तिम समयमा स्थगित गरिएको नेकपा नेता अच्युतम काफ्लेले बताए।
पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने र तयारीको काममा लाग्नुपर्ने भन्दै उक्त सभा स्थगित गरेको हो ।
स्थगित कार्यक्रम माघ महिनामा सञ्चालन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इनड्राइभमा यात्रा गर्दा विश्वकप फुटबल हेर्ने फ्री पास जित्ने मौका
-
घोराही उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक : बाँझो जमिन उपयोग गर्न भूमि बैंक र साप्ताहिक हाटबजार सञ्चालन गरिने
-
रक्षा बमको प्रश्न : जेनजी आन्दोलन यो सरकारको जरा हो, अब वाचा पूरा नगर्ने ?
-
उद्योग वाणिज्य महासंघ कोशीद्वारा चिया निर्यात अवरोध खुलाउन माग
-
मध्यपश्चिम विश्वविद्यालयका १९२८ विद्यार्थी दीक्षित
-
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक पौडेललाई साधारण तारेखमा राख्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण