बेनिशा र सृष्टिको ‘द ब्ल्यू लाइट’ माघ १६ मा रिलिज हुने
सारांश
- चलचित्र 'द ब्ल्यू लाइट' माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ।
- चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ।
- टिजरमा प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरिएको छ।
काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’ आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्रको एक टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो । यसअघि चलचित्र १० पुसमा प्रदर्शन आउने तयारीमा थियो ।
बलिराम चौहानको निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी लगायतको अभिनय छ । चलचित्रमा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
महेश र बेनिशाको संवादसँगै सुरु हुने चलचित्रको टिजर लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ । अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिद्ध्याउने खेल खेलिरहेका छन् भन्ने कथामा चलचित्र बनेको टिजरबाट अनुमान गर्न सकिन्छ ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको चलचित्रको–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण