प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डसँग शनिबार छलफल गर्ने
सारांश
- प्रधानमन्त्री सुशिला कार्की र तीन दलका शीर्ष नेताबीच निर्वाचनबारे छलफल हुने भएको छ।
- सञ्चारमन्त्री जगदिश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन्।
- सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाएका छन्।
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप शनिबार प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।
शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् । उनले ओली र प्रचण्डलाई पनि भेट्दैछन् । साथै मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्षनेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।
सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । खासगरी नेकपा एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण