कर्णाली हाम्रो गौरव हो : अभिनेता खड्का
सारांश
- अभिनेता प्रदीप खड्काले कर्णालीलाई गौरवको दृष्टिले हेर्नुपर्ने बताए।
- कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ राजधानीमा गरियो, जसले पर्यटन र चलचित्रलाई जोड्ने लक्ष्य राखेको छ।
- महोत्सवले कर्णालीको कथा, संस्कृति, जीवनशैली, भाषा र परम्परालाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
काठमाडौँ । अभिनेता प्रदीप खड्काले कर्णाली क्षेत्रलाई दयाको दृष्टिले भन्दा पनि गौरवको दृष्टिले हेर्नुपर्ने बताएका छन् । कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल भएको धारणा राखेका खड्काले नेपाली चलचित्रको थप उचाइका लागि कर्णाली केन्द्र बन्नुपर्ने धारणा राखे ।
‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित आयोजना हुन लागेको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ बिहीबार साँझ राजधानीमा गरिएको थियो । सोही अवसरमा बोल्ने क्रममा अभिनेता खड्काले कर्णालीको सौन्दर्यमा आफू मोहित भएको समेत बताए ।
वन तथा वातावरण मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता तथा सद्भावना दूत प्रदीप खड्का, उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणा तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियालगायतको सहभागी कार्यक्रममा आयोजकले महोत्सवले सहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने लक्ष्य लिएको जानकारी दियो ।
कर्णाली अपार सम्भावनायुक्त क्षेत्र भएपनि पर्यटन तथा चलचित्रसँग सम्बन्धित गतिविधि न्यून रहेको अवस्थामा, महोत्सवले त्यहाँका कथा, संस्कृति, जीवनशैली, भाषा, भेसभुसा र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा मन्त्री चौलागाईंले कर्णालीको आत्मविश्वास बढाउने प्रमुख माध्यम नै चलचित्र भएको बताए । ‘कला यस्तो माध्यम हो जसले छोटो समयमा मानिसको सोच परिवर्तन गर्न सक्छ मौलिक कथाका लागि कर्णाली उत्कृष्ट ‘हटस्पट’ हो’, उनले भने ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले यस्तो किसिमका कार्यक्रमले नीतिगत तहमा समेत सकारात्मक बहस सिर्जना गर्ने बताए ।
उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणाले महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने विश्वास व्यक्त गरिन् ।
‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’(सुर्खेत) आगामी नयाँ वर्षको वैशाख ४’ आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण