एनभिए भलिबल : आर्मी र पुलिस विजयी
काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
खेलमा आर्मीले एभरेष्ट क्लबमाथि पहिलो सेट २५–१७ ले जित्यो भने खेलको दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्याे ।
त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पुलिसले सुदूरपश्चिमलाई पहिलो सेट २५–१०, दोस्रो सेट २५–६ तथा खेलको तेस्रो तथा अन्तिम सेट २५–११ ले पाखा लगाउदै जित हासिल गर्याे ।
नेपाल भलिबल सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष र महिला गरी २० टोलीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टोली सहभागी छन् । प्रतियोगिता यही पुस २० गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण