मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्नुपर्छ : उपराष्ट्रपति

शुक्रबार, ११ पुस २०८२, १५ : ५५
शुक्रबार, ११ पुस २०८२

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रबार बुढानिलकण्ठमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनमा उनले वर्तमान समयको आवश्यकताअनुसार शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र रोजगारीसँग जोडिनुपर्नेमा समेत जोड दिए । उनले शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारसँग सहकार्य पनि गर्नुपर्ने आवश्यकता औँल्याए ।

उपराष्ट्रपति यादवले जेनजी युवाहरूको आन्दोलनले मुलुकलाई नयाँ सोच, मार्ग र दिशा प्रदान गरेको उल्लेख गर्दै सो आन्दोलनले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउने प्रेरणा दिएको बताए।

शिक्षण–सिकाइ प्रक्रिया केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहारिक जीवनसँग जोडिनु आजको आवश्यकता रहेको उनले बताए । 

उपराष्ट्रपति यादवले निजी शिक्षालयहरूले शैक्षिक गुणस्तरमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै स्थानीय संस्कृति, मूल्य–मान्यता र पहिचानलाई सम्मान गर्ने पाठ्यक्रम विकासमा हिसानलगायतका संस्थाले सहकार्य गर्नुपर्नेमा जाेड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप