शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता डिशहोम गो र एक्सन स्पोर्टस एचडीबाट प्रत्यक्ष प्रसारण हुने

शनिबार, १२ पुस २०८२, ०० : ३०
शनिबार, १२ पुस २०८२

सारांश

  • लमजुङको बेसीशहरमा पौष १२ गतेदेखि ३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सुरु हुनेछ।
  • प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी-१ बाट हुनेछ, जसले दर्शकलाई सहज बनाउनेछ।
  • प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्, विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन्।

काठमाडौँ । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुने ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ गतेदेखि सुरु हुने भएको छ । 

प्रतियोगिताको निःशुल्क प्रत्यक्ष प्रसारण डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी–१ टेलिभिजन च्यानलमार्फत गरिने भएको आयोजकले जनाएको छ । यसले देश तथा विदेशमा रहेका फुटबल प्रेमी दर्शकहरूलाई घरमै बसेर खेलको प्रत्यक्ष आनन्द लिन सहज बनाउने विश्वास आयोजकको छ ।

बेसीशहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ हात पार्नेछ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ उपाधिसहित १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभागीय टिम एपीएफ फुटबल क्लब, सुन्दरबजार फुटबल क्लब, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो फुटबल क्लब, लालीगुराँस लगायत क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप