कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
शनिबार, १२ पुस २०८२, ०७ : २३
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्नेछ।
- बैठकमा महाधिवेशनको तयारी र निर्वाचनबारे नेताहरूले धारणा राखेका थिए।
- विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई स्मरण पत्र बुझाइएको छ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउसो १ बजेबाट सुरु हुनेछ ।
यसअघि शुक्रबार महाधिवेशनको तयारी र निर्वाचनबारे नेताहरूले धारणा राखेका थिए । नेताहरूले नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।
विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पनि हिजो नै पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ दिएर केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई स्मरण पत्र बुझाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण