इराकमा रहेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने सरकारको निर्णयको एनआरएनएद्वारा स्वागत
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले इराकमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रदान गरी अभिलेखीकरण गर्ने नेपाल सरकारको पछिल्लो निर्णयको स्वागत गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई अत्यन्त स्वागतयोग्य र सकारात्मक पहलको रूपमा लिएको जनाएको छ।
विगत दुई दशकदेखि लागू प्रतिबन्धका कारण इराकमा रहेका हजारौँ नेपाली श्रमिकहरू कानुनी जटिलतामा परेका थिए। सरकारको यस निर्णयले इराकमा कार्यरत नेपालीहरूको हक(हित संरक्षण, वैधानिक व्यवस्थापन र सुरक्षामा नेपालको प्रतिबद्धता पुनः पुष्टि गरेको संघले महसुस गरेको छ।
एनआरएनएका अनुसार सरकारको यस कदमले इराकमा आवासीय कार्ड भएका झण्डै ३० हजार नेपाली श्रमिकहरूका लागि नेपाल आउजाउ गर्ने सहज कानुनी बाटो खुलेको छ। यसका साथै उनीहरूको रोजगारीले समेत अब वैधानिकता पाएको छ।
हाल इराकको कुर्दिस्तान प्रान्तमा मात्रै अनुमानित १२ हजारभन्दा बढी र बग्दाद आसपासमा लगभग ४ हजारभन्दा बढी नेपालीहरू बहुराष्ट्रिय कम्पनी, दूतावास, होटल, विमानस्थल, अस्पताल, र निर्माण क्षेत्रमा कार्यरत छन्। यसअघि प्रतिबन्धित देशको सूचीमा रहेका कारण उनीहरू राहदानी नवीकरण र कन्सुलर सेवाबाट वञ्चित भई समस्या भोगिरहेका थिए।
सरकारको यस निर्णयले इराकमा जन्मिएका बालबालिकालाई कानुनी रूपमा नेपालसँग जोड्ने, अवैधानिक रूपमा रहेकाहरूलाई कानुनी दायरामा ल्याउने र भविष्यमा इराकलाई सुरक्षित श्रम गन्तव्यका रूपमा पुनः सूचीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। अब त्यहाँका श्रमिकहरू बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको दायरामा समेत समेटिनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण