बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक सर्‍यो

आइतबार, १३ पुस २०८२, ०९ : ०१
आइतबार, १३ पुस २०८२

सारांश

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो २ बजेका लागि सारिएको छ।
  • बैठक आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बोलाइएको हो।
  • बैठकमा समानुपातिक उम्मेदवारको बन्द सूची र पार्टीका आन्तरिक विषयमा छलफल हुनेछ।

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सरेको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो २ बजेको लागि सरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप