शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण अफ्रिका भ्रमणका लागि वैभव सूर्यवंशी बने भारतीय यू–१९ टोलीको कप्तान

आइतबार, १३ पुस २०८२, १० : १४
आइतबार, १३ पुस २०८२

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दक्षिण अफ्रिका भ्रमण र आगामी यू–१९ विश्वकपका लागि छुट्टाछुट्टै कप्तानको घोषणा गरेको छ।

प्रतिभावान खेलाडी वैभव सूर्यवंशीलाई दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय यू–१९ टोलीको कप्तान नियुक्त गरिएको छ। नियमित कप्तान आयुष म्हात्रे र उपकप्तान विहान मल्होत्रा घाइते भएपछि बीसीसीआईले सूर्यवंशीलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीले तीनवटा एकदिवसीय खेल खेल्ने तालिका छ। दक्षिण अफ्रिका भ्रमणमा वैभवले कप्तानी गरे पनि १५ जनवरीदेखि जिम्बाब्वे र नामिबियामा हुने यू–१९ विश्वकपमा भने आयुष म्हात्रेले नै टोलीको नेतृत्व गर्नेछन्।

आयुष र उपकप्तान विहान अहिले चोटका कारण उपचारमा रहेकाले दक्षिण अफ्रिका जान नसक्ने भएका हुन्। उनीहरू निको भएर सिधै विश्वकपका लागि टोलीमा सहभागी हुने बीसीसीआईले जनाएको छ। विश्वकपका लागि विहान मल्होत्रा नै उपकप्तान रहनेछन् भने दक्षिण अफ्रिका भ्रमणका लागि आरोन जर्जलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

आगामी विश्वकपमा १६ टोली सहभागी हुँदैछन्, जसमा पाँच पटकको च्याम्पियन भारतलाई समूह ‘बी’ मा राखिएको छ। भारतको समूहमा न्युजिल्यान्ड, अमेरिका र बंगलादेश रहेका छन्। भारतले १५ जनवरीमा अमेरिका विरुद्ध खेल्दै आफ्नो विश्वकप अभियानको सुरुवात गर्नेछ। त्यसपछि १७ जनवरीमा बंगलादेश र २४ जनवरीमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

साउथ अफ्रिका भ्रमणका लागि भारतको टीम
वैभव सूर्यवंशी (कप्तान), आरोन जर्ज (उपकप्तान), वेदान्त त्रिवेदी, अभिज्ञान कुन्डू (विकेटकिपर), हरवंश सिंह (विकेटकिपर), आर. एस. अम्बरीश, कनिष्क चौहान, खिलान ए. पटेल, मोहम्मद इनान, हेनिल पटेल, डी. दीपेश, किशन कुमार सिंह, उधव मोहन, युवराज गोहिल, राहुल कुमार।

यू-१९ विश्वकपका लागि भारतको टीम
आयुष म्हात्रे (कप्तान), विहान मल्होत्रा (उपकप्तान), वैभव सूर्यवंशी, आरोन जर्ज, वेदान्त त्रिवेदी, अभिज्ञान कुन्डू (विकेटकिपर), हरवंश सिंह (विकेटकिपर), आर. एस. अम्बरीश, कनिष्क चौहान, खिलान ए. पटेल, मोहम्मद इनान, हेनिल पटेल, डी. दीपेश, किशन कुमार सिंह, उधव मोहन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप