७ बुँदे सहमतिपछि बालेन र रविको फोटो राख्दै सुदन गुरुङले के भने ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच ७ बुँदे सहमति भएको छ।
- जेनजी अभियन्ता सुदन गुरुङले रास्वपा र बालेनको मिलनमा टिप्पणी गर्दै आगामी योजना सार्वजनिक गरे।
- सहमति अनुसार, चुनावपछि बालेन संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन्, रवि लामिछाने पार्टी नेतृत्वमा रहनेछन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच ७ बुँदे सहमति भएपछि जेनजी अभियन्ता सुदन गुरुङले टिप्पणी गरेका छन् ।
आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र बालेनको फोटो राख्दै उनले जेनजी समूहको आगामी योजना सार्वजनिक गरेका छन् ।
उनले रास्वपाले अब चुनावको तयारीमा ध्यान दिन सक्ने भन्दै आफूहरु भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधानमा केन्द्रित हुने बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘अब रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्छ। हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौं ।’ उनले रवि र बालेन मिल्नुपर्ने बताउँदै आएका थिए ।
आइतबार बिहानै रास्वपा र बालेनबिच भएको ७ बुँदे सहमतिमा चुनावपछि बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाउने तथा रवि लामिछाने पार्टीको नेतृत्वमा रहने उल्लेख छ । जसअनुसार बालेन रास्वपाबाट राजनीतिमा सक्रिय हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण