खालिदा जियाको अवस्था गम्भीर
ढाका । बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर आएको छ । बीबीसी बङ्गलाका अनुसार उनको मेडिकल टोलीका सदस्य तथा पार्टी स्थायी समितिका सदस्य एजेडएम जाहिद हुसेनले खालिदा जियाको अवस्था नाजुक रहेको बताएका हुन् ।
उनले शनिबार राति ११ : ३० बजे अस्पताल अगाडि आयोजित पत्रकार सम्मेलनमा उक्त बयान दिएका हुन् । ‘बेगम खालिदा जियालाई नजिकबाट निगरानीमा राखिएको छ ।
बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानले देशवासीहरूलाई आफ्नी आमाको लागि प्रार्थना गर्न अनुरोध गरेका छन्’ ब्रीफिङको केही घण्टापछि आइतबार बिहान ६ : ३० बजे, बीएनपी मिडिया सेलले एक पोस्टमा एजेडएम जाहिद हुसेनलाई उद्धृत गर्दै भनेको छ ।
यसअघि तारिक रहमान र उनकी श्रीमती जुबैदा रहमान आइतबार राति ९ : ३० बजेपछि खालिदा जियालाई भेट्न अस्पताल गएका थिए । उनीहरू लगभग दुई घण्टा त्यहाँ बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण