अक्षय खन्नासँग ‘दृश्यम ३’ का निर्माताले मागे क्षतिपूर्ति
सारांश
- अभिनेता अक्षय खन्नाले 'दृश्यम ३' बाट हात झिकेका छन्, निर्मातासँगको आर्थिक र रचनात्मक मतभेदका कारण।
- अक्षयले 'धुरन्धर' मा लुक्सको प्रशंसा भएपछि 'दृश्यम ३' मा कपाल राख्न अडान लिए, जुन कथाको मागसँग मेल खाँदैन थियो।
- निर्माताले अक्षयलाई कानुनी नोटिस पठाउँदै क्षतिपूर्तिको माग गरेका छन् र उनको स्थानमा जयदीप अहलावतलाई लिइएको छ।
मुम्बई । फिल्म ‘धुरन्धर’ को सफलतापछि अभिनेता अक्षय खन्नाले प्रतिक्षित चलचित्र ‘दृश्यम ३’ बाट अचानक हात झिकेका छन् । निर्माता कुमार मंगत पाठक र अक्षयबिच आर्थिक तथा रचनात्मक मतभेदका कारण सहकार्य टुटेको खबर बाहिरिएपछि निर्माता पाठकले वास्तविकता सार्वजनिक गरेका हुन् ।
पाठकका अनुसार यो विवाद पारिश्रमिकको नभई अक्षयको ‘लुक’ को विषयमा उत्पन्न भएको हो । सुटिङ सुरु भइसकेको अवस्थामा फिल्म छाडेर हिँडेपछि निर्माण पक्षले अक्षयलाई कानुनी नोटिस पठाउँदै करोडौँ क्षतिपूर्तिको माग गरेको छ।
निर्माता पाठकका अनुसार अक्षयको पारिश्रमिक पहिले नै तय भइसकेको थियो र कस्ट्युम डिजाइनरले काम समेत सुरु गरिसकेका थिए। तर, ‘धुरन्धर’ रिलिज भएपछि उक्त फिल्ममा आफ्नो लुक्सको प्रशंसा भएको भन्दै अक्षयले ‘दृश्यम ३’ मा पनि कपाल राख्ने अडान लिए। जबकि ‘दृश्यम ३’ को कथा दोस्रो फिल्म सकिएको ६ घण्टा पछिको घटनाबाट सुरु हुन्छ, जहाँ उनको पात्र तालु खुइले देखाइएको छ।
निर्देशक अभिषेक पाठकले यसबारे बुझाउन खोज्दा सुरुमा सहमत भएका अक्षयले पछि ‘धुरन्धर’ को सफलताको घमण्डका कारण फिल्म नै छाडिदिएको पाठकको आरोप छ।
अक्षयको यो कदमले प्रोडक्सन हाउसलाई ठुलो आर्थिक घाटा पुगेको छ। डिसेम्बर १६ देखि सुटिङ सुरु भइसकेको र सेट समेत निर्माण भइसकेको अवस्थामा अक्षयले बिना कुनै ठोस कारण फोन उठाउन छाडेपछि सेट भत्काउनुपरेको थियो ।
‘सफलता टाउकोमा चढेपछि उनले धोका दिए, अब म उनीसँग कहिल्यै काम गर्दिनँ,’ पाठकले आक्रोश व्यक्त गरे । अहिले अक्षयको ठाउँमा अभिनेता जयदीप अहलावतलाई अनुबन्ध गरिएको छ।
पाठकले जयदीपलाई अक्षयभन्दा उत्कृष्ट कलाकार भएको दाबी गर्दै कथामा केही परिवर्तन गरेर सुटिङ अघि बढाइने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण