नागार्जुनका तरकारी फार्ममा अनुगमन : रायोको सागमा अत्यधिक विषादी भेटियो
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको नागार्जुन नगरपालिकामा गरिएको अनुगमनका क्रममा एक कृषि फार्मको रायोको सागमा अत्यधिक मात्रामा विषादी फेला पारेको छ ।
विभागले पुस ९ गते नागार्जुन नगरपालिका वडा नम्बर ६ र ७, रामकोटस्थित ५ वटा तरकारी फार्महरूमा उत्पादित रायोको साग र गोलभेँडा (टमाटर) को कुल १४ वटा नमुना सङ्कलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादी अवशेष परीक्षण गरेको थियो ।
विभागका अनुसार अनुगमन गरिएका ५ मध्ये ४ वटा फार्मका उत्पादनहरू मापदण्डभित्रै पाइएका छन् । सम्पन्न कृषि फार्म (नागार्जुन–६), रामकोटस्थित अन्य दुई कृषि फार्म र नागार्जुन–७ को अर्को एक कृषि फार्मबाट लिइएका रायोको साग र टमाटरका नमुनाहरू खानयोग्य तथा मापदण्ड अनुसार नै पाइएका हुन् ।
तर, नागार्जुन–७, रामकोटस्थित सक्रिय कृषि तथा पशुपन्छी फार्मबाट लिइएको नमुनामा भने गम्भीर समस्या देखिएको छ ।
उक्त फार्मको टमाटर मापदण्डभित्रै पाइए तापनि रायोको सागको नमुनामा भने अर्गानोफोस्फेट वर्गको विषादीको अवशेष मापदण्डभन्दा बढी अर्थात् ९९.५२९ प्रतिशत पाइएको छ । सोही सागमा कार्बामेट वर्गको विषादी भने मापदण्डभित्रै रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण