काठमाडौं जिल्ला अदालतद्वारा नष्ट भएका मिसिल पुनः प्राप्तिका लागि म्याद थप
आइतबार, १३ पुस २०८२, १६ : ३०
सारांश
- काठमाडौं जिल्ला अदालतले आगजनी र तोडफोडमा नष्ट भएका मुद्दाका कागजात पुनः प्राप्तिका लागि म्याद थप गरेको छ।
- अदालतले २०८२ भदौ २३ र २४ गते भएको घटनामा क्षति पुगेका मिसिलहरू तयार पार्न ३० दिनको समय दिएको छ।
- यसअघि तोकिएको समयमा सरोकारवालाहरु उपस्थित नभएपछि अदालतले मंसिर २६ गतेदेखि लागू हुने गरी म्याद थप गरेको हो।
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत भदौ महिनामा भएको आगजनी तथा तोडफोडका क्रममा नष्ट भएका अदालती मिसिलहरू (मुद्दाका कागजात) पुनः प्राप्तिका लागि सरोकारवालाहरूलाई कागजात पेस गर्ने म्याद थप गरेको छ।
अदालतले आइतबार एक सूचना जारी गर्दै २०८२ भदौ २३ र २४ गते भएको घटनामा क्षति पुगेका चालु मिसिलहरू तयार पार्न थप ३० दिनको समय सीमा निर्धारण गरेको हो । सर्वोच्च अदालतबाट स्वीकृत 'विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२' बमोजिम यो प्रक्रिया अघि बढाइएको अदालतले जनाएको छ।
यसअघि २०८२ कात्तिक २६ गतेदेखि ३० दिनभित्र उपस्थित हुन सूचना जारी गरिएकोमा धेरै सरोकारवालाहरू समेटिन बाँकी रहेको भन्दै अदालतले २०८२ मंसिर २६ गतेदेखि लागू हुने गरी पुनः ३० दिनको अवधि थप गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण