निर्वाचनमा सवारी साधन प्रयोगमा अङ्कुश : मतदाता ओसार्न निषेध, हेलिकप्टरमा पनि सीमा तोकियो
सारांश
- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ मा सवारी साधन प्रयोग सम्बन्धी कडा नियमहरू ल्याएको छ।
- उम्मेदवारहरूले प्रचारका लागि बढीमा दुईवटा र दुर्गममा चारवटासम्म सवारी साधन प्रयोग गर्न पाउनेछन्।
- आचारसंहिताले मतदाता ओसारपसारमा रोक लगाएको छ, तर विशेष अवस्थाका व्यक्तिलाई छुट दिइएको छ।
काठमाडौँ । निर्वाचन आयोगले स्वीकृत गरेको ‘निर्वाचन आचारसंहिता २०८२’ ले निर्वाचनका बेला सवारी साधन प्रयोग गर्ने सम्बन्धमा निकै कडा नियमहरू अघि सारेको छ।
नयाँ व्यवस्था अनुसार अब उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका लागि अनुमति लिएर बढीमा दुईवटा मात्र हलुका सवारी साधन (दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे) प्रयोग गर्न पाउनेछन्। सवारी साधन नचल्ने दुर्गम ठाउँका हकमा भने बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने छुट दिइएको छ। विदेशी नम्बर प्लेटका सवारी साधनलाई निर्वाचन प्रयोजनका लागि अनुमति नदिइने आयोगले स्पष्ट पारेको छ।
आचारसंहिताले उम्मेदवार वा राजनीतिक दलले अनुमति लिएका सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पूर्ण रूपमा रोक लगाएको छ। यद्यपि, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, क्रियापुत्री र ज्येष्ठ नागरिकका हकमा भने निर्वाचन अधिकृतको विशेष अनुमति लिएर सवारी साधन प्रयोग गर्न बाधा पर्ने छैन। एउटा उम्मेदवार वा दलको नाममा अनुमति लिएको सवारी साधन अर्कोले प्रयोग गर्न नपाउने र तोकिएको क्षेत्रभन्दा बाहिर लैजान नपाइने नियम समेत बनाइएको छ।
हेलिकप्टर प्रयोगको सम्बन्धमा पनि आयोगले विशेष कार्यविधि तोकेको छ। राजनीतिक दलले आफ्नो तर्फबाट बढीमा दुई जना ‘मुख्य प्रचारक’ को नाम आयोगमा बुझाउनुपर्नेछ र ती मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न पाउनेछन्। हेलिकप्टरको खर्च दल वा उम्मेदवारले पाउने कुल निर्वाचन खर्चको सीमाभित्रै रहनुपर्नेछ।
यदि कसैले अनुमति नलिई सवारी साधन प्रयोग गरेमा वा सवारीमा अनधिकृत प्रचार सामग्री प्रदर्शन गरेमा ट्राफिक प्रहरीले तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउनेछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण