राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालबिच पार्टी एकता गर्ने तयारी
सारांश
- रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरणका लागि संवाद भयो।
- पार्टी एकीकरणका लागि शक्ति बाँडफाँडमा सहमति बनाइँदैछ, जसमा दुवै पक्षको समान सहभागिता हुनेछ।
- एकीकृत पार्टीको नाम रास्वपा रहने र कुलमान घिसिङ महामन्त्री बन्ने सम्भावना छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता गर्नेगरी पुनः संवाद भएको छ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानरपालिका मेयर बालेन शाह (बालेन्द्र ) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच काठमाडौँमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ।
तीन नेता करिब तीन घण्टादेखि निरन्तर छलफलमा रहेको स्रोतले जनाएको छ। दुई पार्टीबिच शक्ति बाँडफाँडमा सहमतिको ड्राफ्ट भइरहेको स्रोतको दाबी छ।
एकीकृत पार्टीको सङ्गठनात्मक संरचनामा दुवै पक्षको समान सहभागिता रहनेगरी भागबन्डा मिलाइने तयारी छ । पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने र पार्टीको महामन्त्री कुलमान घिसिङ र पार्टी प्रवक्ता पनि उज्यालो नेपाललाई दिने तयारी गरिरहेको स्रोतले जनाएको छ।
छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकताका लागि सहमतिको मस्यौदा तयार भइरहेको र यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
-
सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
-
२२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
-
प्रदेशको उत्पादनलाई प्रोत्साहन : कर्मचारीहरूलाई लगाउन थाले ढाकाको पोसाक
-
मिटरब्याज प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्काे निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण