क्यामरुनसँग अंक बाँड्न बाध्य बन्यो आइभोरी कोस्ट
सारांश
- अफ्रिका कप अफ नेसन्स २०२५ मा आइभोरी कोस्ट र क्यामरुनले १-१ को बराबरी खेले।
- आइभोरी कोस्टका अमाद डियालोले गोल गरे भने क्यामरुनका जुनियर चामडेउले बराबरी गोल फर्काए।
- बराबरीपछि दुवै टोली समूह ‘एफ’ मा शीर्ष स्थानमा छन्, नकआउट चरणको लागि बुधबार खेल हुनेछ।
माराकेच । अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ को एक रोमाञ्चक खेलमा साविक विजेता आइभोरी कोस्ट र क्यामरुनले बराबरी खेल्दै अंक बाँडेका छन्।
मोरक्कोको माराकेचमा भएको यो हेभिवेट टोलीहरूबिचको भिडन्त १-१ को बराबरीमा सकिएसँगै दुवै टोली समूह 'एफ' को शीर्ष दुई स्थानमा कायम छन्। यो नतिजाले मोजाम्बिकलाई दबाबमा राखेको छ भने गाबोनलाई प्रतियोगिताबाट बाहिर पठाएको छ।
प्रतियोगिताको दाबेदार मानिएका दुई टोलीबिचको यो खेल निकै प्रतिस्पर्धात्मक रह्यो। म्यानचेस्टर युनाइटेडका फरवार्ड अमाद डियालोले खेलको ५१औँ मिनेटमा काउन्टर अट्याकमार्फत सानदार गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाएका थिए। मोजाम्बिक विरुद्धको पहिलो खेलमा पनि निर्णायक गोल गरेका डियालोले यसपटक पेनाल्टी बक्सको किनारबाट प्रहार गरेको बलले जाली चुम्दा फ्रान्सेली स्टार किलियन एमबाप्पेको शैलीको झझल्को दिएको थियो।
तर, आइभोरी कोस्टको यो खुसी धेरै बेर टिक्न पाएन। अग्रता लिएको ६ मिनेट पनि बित्न नपाउँदै क्यामरुनका जुनियर चामडेउले बराबरी गोल फर्काए। उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।
दोस्रो हाफको सुरुवातमै दुवै टोलीले आक्रामक खेल पस्किएका थिए। आइभोरी कोस्टका फ्रान्क केसीले गरेको गोल अफसाइडका कारण रद्द भयो भने अर्कोतर्फ क्यामरुनका ड्यानी नामासोको प्रहार क्रसबारमा ठोकिएर फर्किएको थियो। खेलको पहिलो हाफमा पनि क्यामरुनका नवप्रवेशी क्रिस्टियन कोफानेको प्रहार पोलमा लागेर बाहिरिएको थियो।
यस बराबरीसँगै समूह 'एफ' मा आइभोरी कोस्ट र क्यामरुन दुवैको समान ४-४ अंक भएको छ र उनीहरू मोजाम्बिकभन्दा एक अंकले अगाडि छन्। अब समूह चरणको अन्तिम खेल बुधबार हुनेछ, जहाँ आइभोरी कोस्टले गाबोनको सामना गर्नेछ भने क्यामरुनले मोजाम्बिकसँग खेल्नेछ।
यो समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो बुधबारको खेलले नै लगाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण