आन्ध्र प्रदेशमा गुडिरहेको रेलमा आगलागीः एक जनाको मृत्यु, यात्रुहरू भागेर बाँचे
सारांश
- आन्ध्र प्रदेशको अनाकापल्लीमा रेलको दुईवटा बोगीमा आगलागी हुँदा एक वृद्धको मृत्यु भयो।
- आगलागीका कारण धेरै यात्रुहरू भागेर ज्यान जोगाउन सफल भए, तर दुई एसी कोच पूर्ण रूपमा ध्वस्त भए।
- रेल निर्धारित समयभन्दा ढिलो अनाकापल्ली पुग्यो, प्रारम्भिक अनुमान अनुसार ब्रेक तताईएको कारण आगलागी भएको थियो।
हैदराबाद । भारतको आन्ध्र प्रदेशको अनाकापल्ली जिल्लास्थित डुब्बाडा टाटा नगर–एरनाकुलम एक्सप्रेस रेलको दुई वातानुकूलित बोगीमा सोमबार बिहान आगलागी हुँदा एक जना ७० वर्षीय वृद्धको जलेर मृत्यु भएको छ । धेरै यात्रुहरूले भने भागेर ज्यान जोगाउन सफल भएका हिन्दुस्तान टाइम्सले लेखेको छ ।
समाचारमा जनाइएअनुसार टाटानगरबाट एरनाकुलमतर्फ विशाखापट्टनम हुँदै गइरहेको उक्त रेलमा डुव्वाडा पार गरेपछि करिब डेढ बजे आगो लागेको थियो ।
एक रेल्वे प्रहरी अधिकारीका अनुसार लोको पाइलटहरूले येलामञ्चिली नजिकैको रेलवे पोइन्टमा घटनाको पहिलो पटक जानकारी पाएका थिए, त्यसपछि रेललाई तुरुन्तै स्टेसनमा रोकिएको थियो । दमकल आइपुग्नुअघि आगो तीव्र गतिमा फैलिसकेको थियो । दुई एसी कोचहरू पूर्ण रूपमा ध्वस्त भएका थिए ।
बाक्लो धुवाँले कोचहरू भरिएपछि यात्रुहरू आत्तिएर प्लेटफर्ममा निस्किएका थिए । प्रत्यक्षदर्शीहरूले बाक्लो धुवाँका कारण केही नदेखिएकाले थप अन्योल र त्रास बढेको बताए ।
रेल्वे अधिकारीहरूले एक जनाबाहेक अरु यात्रु सुरक्षित रहेको बताएका छन् । मृतकमा विजयवाडाका ७० वर्षीय चन्द्रशेखर सुन्दर रहेका र उनको जलेर मृत्यु भएको समाचारमा उल्लेख छ ।
उक्त रेल अन्ततः निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो अनाकापल्ली पुगेको थियो । रेलवे स्रोतहरूले संकेत गरेअनुसार रेल अनाकापल्लीबाट छुट्दा नरसिंगाबल्ली नजिकै स्पार्क र आगोको ज्वाला देखिएको थियो । एसी कोचको ब्रेक अत्यधिक तातिएर आगलागी भएको जनाइएको छ ।
अनाकापल्ली, एलामाञ्चिली र नक्कपल्लीबाट दमकलहरू घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए । दमकलहरूलाई आगो निभाउन घण्टौँ लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण