नक्कली सुन देखाएर ठग्ने ४ जना चुच्चेपाटीबाट पक्राउ
सारांश
- काठमाडौँ प्रहरीले नक्कली सुन देखाएर ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मकवानपुर, नवलपरासी र अन्य स्थानका व्यक्तिहरू छन्।
- उनीहरूले ५ लाख नगद लिएर फरार भएको र प्रहरीले उनीहरूलाई चुच्चेपाटीबाट पक्राउ गरेको हो।
काठमाडौँ । काठमाडौँको चुच्चेपाटीबाट प्रहरीले नक्कली सुन देखाएर ठगेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोबर गाउँपालिका घर भएका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुरको बकैया गाउँपालिका घर भएका ५३ वर्षीइ बिवासित स्याङ्तान उर्फ बिर बहादुर र नवलपरासीको देवचुली नगरपालिका घर भएका ४२ वर्षीय जित बहादुर तामाङ छन् ।
आरोपीहरूले पुस ८ मा दुईजना युवालाई कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा बोलाएर पहेँलो धातुको डल्लो दिएर ५ लाख नगद लिएर भागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनीहरूले ‘सुन हो’ भनेर विश्वास दिलाउन मोजामा प्याक गरेर पहेँलो धातु देखाएको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले चुच्चेपाटीबाट पक्राउ गरेको हो । उनीहरूमाथि बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनीहरू विरुद्ध ठगी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण