मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल वायुसेवा निगमको जहाज इन्जिन फेर्न इजरायल पठाइयो

सोमबार, १४ पुस २०८२, १३ : १९
सोमबार, १४ पुस २०८२

सारांश

  • नेपाल एयरलाइन्सले न्यारोबडी ए-३२० जहाजको इन्जिन फेर्ने प्रक्रिया सुरु गरेको छ।
  • इन्जिन मर्मत र भाडा सम्बन्धी विषयमा इजरायल एरिस्पेस इन्डस्ट्रिजसँग समझदारी भएको छ।
  • जहाज डिसेम्बर २९ मा इजरायल पुग्ने र जनवरीको दोस्रो साता नेपाल फर्किने छ।

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो न्यारोबडी ए–३२० हाजको इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया अघि बढाएको छ। निगमले इन्जिन मर्मत तथा भाडा सम्बन्धी विषय टुंग्याउँदै जहाज इजरायल पठाएको हो।

निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार, इन्जिन मर्मत तथा भाडा खर्च सम्बन्धी विषयमा निगम र इजरायलस्थित 'इजरायल एरिस्पेस इन्डस्ट्रिज'बीच समझदारी भएको छ। यो समझदारी दुई पक्षबीच मौजुदा रहेको 'मेन्टेनेन्स विथ लिज सपोर्ट' सम्झौताकै आधारमा वार्तामार्फत सम्पन्न भएको निगमले जनाएको छ।

समझदारी अनुसार निगमको उक्त जहाज डिसेम्बर २८ मा काठमाडौँबाट दुबईको नियमित उडान भरेर गएको छ। दुबईबाट उक्त जहाज डिसेम्बर २९ मा इजरायलको तेल अविब पुग्ने कार्यक्रम तय गरिएको छ।
इजरायलमा इन्जिन जडान तथा आवश्यक प्राविधिक प्रक्रिया पूरा भएपश्चात् आगामी जनवरी महिनाको दोस्रो साता जहाज इजरायलबाट नेपाल फिर्ता ल्याउने तालिका रहेको निगमले जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप