बियोन्से बनिन् अर्बपति
सारांश
- अमेरिकी पप स्टार बियोन्से आधिकारिक रूपमा अर्बपतिको सूचीमा प्रवेश गरेकी छिन्।
- फोर्ब्सका अनुसार, बियोन्सेको 'रेनेसाँ वर्ल्ड टुर' र एल्बम 'काउब्वाई कार्टर' को सफलताले उनलाई अर्बपति बनायो।
- उनले सांगीतिक भ्रमणबाट ६० करोड डलर र अन्य व्यावसायिक सम्झौताबाट पनि ठूलो आम्दानी गरिन्।
न्युयोर्क । विश्वचर्चित अमेरिकी पप स्टार बियोन्से आधिकारिक रूपमा अर्बपतिको सूचीमा सामेल भएकी छन्। फोर्ब्स म्यागजिनले उनलाई विश्वकै धनी संगीतकर्मीको सूचीमा समावेश गर्दै अर्बपतिको घोषणा गरेको हो।
यो उपलब्धिसँगै उनी टेलर स्विफ्ट, रिहाना, ब्रुस स्प्रिंगस्टीन र आफ्नै पति जे-जी जस्तै १० अंकको सम्पत्ति भएका हस्तीहरूको समूहमा पुगेकी छन्। यसअघि फोर्ब्सले उनको कुल सम्पत्ति ८० करोड डलर अनुमान गरेको थियो। तर पछिल्लो समय उनको ‘रेनेसाँ वर्ल्ड टुर’ र सन् २०२४ को चर्चित एल्बम ‘काउब्वाई कार्टर’ को अभूतपूर्व सफलताले उनलाई अर्बपतिको श्रेणीमा पुर्याएको हो।
उनको सन् २०२३ को सांगीतिक भ्रमणबाट मात्रै करिब ६० करोड डलर संकलन भएको थियो। यस्तै, उनले आफ्नै कन्सर्ट फिल्म एएमसी थिएटरसँग सिधा सम्झौता गरी वितरण गरेकी थिइन्, जसको आम्दानीबाट उनले मोटो रकम हात पारिन्।
बियोन्सेको पछिल्लो एल्बम ‘काउब्वाई कार्टर’ ले प्रशंसा मात्र कमाएन, यसले उनलाई पहिलो पटक ग्रामीमा ‘एल्बम अफ द इयर’ को अवार्ड समेत दिलायो। फोर्ब्सका अनुसार यो एल्बमको टुरबाट टिकट बिक्रीमा ४० करोड डलर र व्यापारिक सामान (मर्चेन्डाइज) बाट थप ५ करोड डलर आर्जन भएको छ। लन्डन र पेरिसका ठूला रंगशालामा उनको टुरले कीर्तिमानी व्यापार गरेको थियो।
यसका अतिरिक्त नेटफ्लिक्सको क्रिसमस डे एनएफएल गेमको हाफटाइम शो र ‘लिभाइस’ जस्ता ठूला ब्रान्डसँगको व्यावसायिक सम्झौताले पनि उनको सम्पत्ति बढाउन ठूलो भूमिका खेलेको छ। फोर्ब्सले बियोन्सेलाई अर्बपति घोषणा गरिरहँदा अर्को प्रतिष्ठित संस्था ब्लुमबर्गले भने सेलेना गोमेजलाई पनि अर्बपतिको सूचीमा राखेको छ। तर फोर्ब्सले भने गोमेजको सम्पत्ति अर्ब डलर नपुगेको भन्दै सो दाबीलाई अस्वीकार गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण