तमु ल्होसारले भाइचारा र सांस्कृतिक संरक्षणमा योगदान पुराएको छ : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले भाइचारा बढाउने बताए।
- उनले लुम्बिनी प्रदेश विविधतायुक्त भएको र यस्ता पर्वले एकता बलियो बनाउने उल्लेख गरे।
- मुख्यमन्त्रीले भाषा, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना मजबुत बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् ।
गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मौलिक पर्वहरूले विविधतामा एकता भन्ने साझा मूल्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।
शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश भूगोलको हिसाबले मात्र नभई भाषा, संस्कृति, कला र सभ्यताका दृष्टिले पनि विविधतायुक्त प्रदेश भएको उल्लेख गरे । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा मनाइने तमु ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबिच सहिष्णुता, आपसी सम्मान र सामाजिक एकतालाई बलियो बनाउने उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले भाषा, संस्कृति, सभ्यता र लिपिहरूको संरक्षण तथा प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए ्र प्रदेशभित्र रहेका सबै भाषा र सांस्कृतिक पहिचानको संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न भाषा ऐन निर्माणका विषयमा छलफल अगाडि बढाइएको पनि उनले स्पष्ट पारे । सबै धर्म, संस्कृति, परम्परा र सांस्कृतिक अभ्यासलाई समान दृष्टिकोणका साथ सम्मान गर्ने नीति प्रदेश सरकारको स्पष्ट प्रतिबद्धता रहेको उनले उल्लेख गरे ।
मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक तथा सामाजिक रूपमा समृद्ध प्रदेश निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत तमु समुदायसहित सम्पूर्ण प्रदेशवासीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण