मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा निर्वाचित
मङ्गलबार, १५ पुस २०८२, १४ : ५१
काठमाडौँ । चिकित्सकहरूको संस्था नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा निर्वाचित भएका छन् । डा. गुरुशरण शाह र डा. अजय सिंह थापालाई पराजित गर्दै शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन् ।
वीर अस्पतालमा कार्यरत डा. शेर्पा मुटुरोग विशेषज्ञ हुन् । पुस ४, ५,११ र १२ गते एक उपाध्यक्षसहित ८ सदस्यका लागि चुनाव भएको थियो ।
काउन्सिलको सदस्यहरूमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राई निर्वाचित भएका छन् । काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण