कुलमान लक्षित प्रचण्डको टिप्पणी– गुन बिर्सिए, बैगुनी भएर हिँडे
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूले सामाजिक सञ्जालमार्फत होहल्ला गरेको बताएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले त्यसमै रमाएर एक थरीले नेपाल नै कब्जा भइसकेको जस्तोगरी प्रचार गरिएकोमा असन्तुष्टि पोखे ।
कार्यक्रममा प्रचण्डले ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङप्रति लक्षित गरी पार्टी र जनताले लगाएको गुन बिर्सिएको आरोप लगाए ।
'विदेशी प्रतिक्रियावादी शक्तिहरूले फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमार्फत होहल्ला गरिरहेका छन् । त्यसमा रमेर नेपाल कब्जा भइसकेको जस्तो गरी एक थरीले प्रचार गरेका छन् । पार्टी र जनताले लगाएको गुनलाई बिर्सिएर मान्छेहरू बैगुनी बनेर हिँडेका पनि छन्’, उनले भने ।
प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा दुई पटक घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएका थिए । पछिल्लो केपी ओली सरकारको बर्खास्तीमा परेका घिसिङको समर्थनमा तत्कालीन विपक्षी दल नेकपा माओवादीले संसद्मा विरोध गरेको थियो ।
आगामी निर्वाचनमा नेकपालाई समर्थन गर्ने वा चुनावी तालमेल गर्ने अपेक्षा गरेका प्रचण्डले यसअघि घिसिङको कार्यशैलीप्रति सार्वजनिक रूपमै आलोचना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण