रास्वपाबाट धादिङ–२ मा पत्रकार अनिल अधिकारीको उम्मेदवारी घोषणा
काठमाडौँ । पत्रकार अनिल अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र न २ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।
वैदेशिक रोजगार क्षेत्रका बेथिति र श्रमिकका समस्यालाई निरन्तर उजागर गर्दै आएका पत्रकार अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक प्रक्रियामार्फत उनले आफ्नो उम्मेदवारी अघि बढाएका हुन् ।
भिडियो सन्देश सार्वजनिक गर्दै उनले भनेका छन् ‘म यो देशको सकारात्मक भविष्यका लागि जिम्मेवार राजनीतिक अभ्यासमा होमिएको छु ।’ अधिकारीले भने,‘फागुन २१ गते हुने निर्वाचनका लागि मैले धादिङ–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेको छु ।’
उनले १० भन्दा बढी देशमै पुगेर नेपालीहरूको अवस्थाबारे धेरै समाचार र उनीहरूको विषयमा आवाज उठाएका छन् । उनले रेमिट्यान्सको सही सदुपयोग नभएको, वैदेशिक रोजगार क्षेत्रमा चरम बेथिति र अवैध गतिविधिको बिगबिगी रहेको लगायत विभिन्न भ्रष्टाचारको मुद्दाहरु समेत उठाउँदै आएका छन् ।
उनले वैदेशिक रोजगार क्षेत्र सुधारको लागि २०० भन्दा बढी स्टिङ अप्रेसन गरेको आफ्नो सन्देश मार्फत बताएका छन् । पत्रकार अधिकारीले लामो समयदेखि भिजिट भिसा प्रकरण, कुवेत महिला तस्करी प्रकरण सँगै विदेश जानेहरूका सम्बन्ध दर्जनौँ अनुसन्धान रिपोर्टहरू सार्वजनिक गरेका छन् ।
उनले आफू निर्वाचित भएमा समग्र वैदेशिक रोजगार क्षेत्रको नीतिगत कमजोरीहरू सुधार गर्ने र सँगै आफ्नो निर्वाचित क्षेत्रको नाममा छुट्टै एप बनाएर २४ सै घण्टा लक्षित जनताको समस्या नियमन गर्ने सन्देश मार्फत बताएका छन् ।
उनले वर्षौंदेखिको विभिन्न बेथितिको जालो तोड्नको लागि पनि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण