समानुपातिक बन्दसूचीमाथि आशिका तामाङको कटाक्ष
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले सार्वजनिक गरेका बन्दसूचीमाथि सामाजिक अभियन्ता आशिका तामाङले कटाक्ष गरेकी छन्।
तामाङले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छन्, ’मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औँला उठाउने मौका पाउने छैनन्। तर त्यस्तो त होइन रहेछ।’ उनले निमुखा वर्ग र जातिका लागि छुट्याइएका कोटामा पहुँच र पहिचान भएका व्यक्तिहरू अटाएको भन्दै असन्तुष्टि जनाएकी छन्।
उनले पहिल्यै चर्चित भएका व्यक्ति, ठेकेदारका छोरा, आसेपासे, छिमेकी र व्यक्तिगत चिनजानका आधारमा समानुपातिकमा अवसर पाउने अवस्था देखिएको उल्लेख गरेकी छ। सानोमा सँगै स्कुल पढेका साथीसमेत सांसद र मन्त्री बन्ने अवसर पाउने तर वास्तविक रूपमा पछाडि पारिएका वर्ग भने फेरि पनि ओझेलमा पर्ने स्थिति आएको उनको भनाइ छ।
तामाङले समानुपातिक प्रणालीको उद्देश्य कमजोर, सीमान्तकृत र अवसरबाट वञ्चित वर्गलाई राज्यका निकायमा प्रतिनिधित्व गराउनु भए पनि व्यवहारमा भने त्यसको विपरीत भइरहेको बताएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण