जर्मनीमा सुरक्षाकर्मीमाथि हिंसात्मक घटनाहरू बढ्दै
सारांश
- सन् २०२४ मा जर्मनीमा प्रहरीमाथि हुने हिंसात्मक घटनाको सङ्ख्या अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।
- गत वर्ष यस्ता घटनाहरू ०.३ प्रतिशतले वृद्धि भई ४६ हजार ३६७ पुगेका छन्।
- जर्मनी सरकारले हिंसा रोक्न सजाय कडा बनाउने, कानुनी प्रक्रिया छिटो बनाउने योजना बनाएको छ।
बर्लिन। जर्मनीमा सन् २०२४ मा प्रहरी अधिकारीमाथि हुने हिंसात्मक घटनाको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । सङ्घीय आपराधिक प्रहरी कार्यालय (बीकेए) का अनुसार गत वर्ष यस्ता घटनाहरू ०.३ प्रतिशतले वृद्धि भई ४६ हजार ३६७ पुगेका छन् ।
आधिकारिक तथ्याङ्कअनुसार अधिकांश घटनामा कानुन कार्यान्वयनमा प्रतिरोध तथा प्रत्यक्ष शारीरिक आक्रमण समावेश छन् । साथै धम्की, दबाब र जानाजानी चोट पुर्याउने कार्यलाई पनि हिंसाका रूपमा वर्गीकृत गरिएको छ ।
देशभर एक लाखभन्दा बढी प्रहरी अधिकारीहरू हिंसात्मक घटनाबाट प्रभावित भएका छन्, जुन सन् २०१५ को तुलनामा उल्लेखनीय वृद्धि हो । पहिचान गरिएका शङ्कास्पदमध्ये धेरैजसो पुरुष रहेका छन् भने करिब एक तिहाइसँग जर्मन नागरिकता छैन ।
गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले प्रहरी तथा आपत्कालीन सेवाकर्मीमाथि हुने हिंसा दैनिक चुनौती बनेको बताएका छन् । सरकारले सजाय कडा बनाउने, कानुनी प्रक्रिया छिटो बनाउने र सुरक्षाकर्मीहरूको सुरक्षा मजबुत पार्ने उद्देश्यले नयाँ कानुनी सुधार ल्याउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण