निकितालाई जन्मदिनको शुभकामना दिँदै रविले सम्झिए एक वर्ष अगाडिको परिदृश्य
सारांश
- रास्वपा सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई जन्मदिनको शुभकामना दिएका छन्।
- अघिल्लो वर्ष लामिछानेलाई हिरासतबाट अदालतमा ल्याइएको थियो र उनले श्रीमतीलाई शुभकामना दिए।
- यस वर्ष पनि उनीहरू अदालतमा उपस्थित हुनुपरेको छ, तर लडाइँ जारी रहेको बताएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई जन्मदिनको शुभकामना दिँदै एक वर्ष अगाडिको परिदृश्य स्मरण गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'मलाई सम्झना छ ,अघिल्लो वर्ष आजकै दिनमा तिम्रो जन्मदिनमा मलाई हिरासतबाट यही कास्की जिल्ला अदालतमा ल्याइएको थियो । थुनुवाको रूपमा अदालत बाहिरको यही गोलघरमा सबैको आँखा छलेर फटाफट दियो बाली दही खुवाएर मैले तिमीलाई जन्मदिनको शुभकामना दिएको थिएँ। ठिक एक वर्षपछि आज फेरि तिम्रो जन्मदिन कै अवसरमा हामी यही कास्की जिल्ला अदालतमा नै तारिख धाउन उपस्थित हुनु परेको छ। '
लामिछानेले थप भनेका छन्– 'गत वर्ष प्रहरी साथीहरूको आँखा छलेर १ मिनेटमा तिम्रो जन्मदिन यही गोलघरमा मनाइएको थियो। आज थोरै स्वतन्त्रता छ तर लडाइ बाँकी नै छ । हर लडाइमा हिम्मत साथ उभिने तिमीलाई जन्म दिनको अनेकौँ शुभकामना । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण