अनेरास्ववियुका सुनसरी अध्यक्ष बर्खास्त
सारांश
- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेपछि अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष उज्ज्वल सिग्देललाई पदबाट हटाइयो।
- जेनजी आन्दोलनमा ओलीको राजीनामा माग र विद्यार्थीको लासमाथि चढेको आरोप लगाएपछि सिग्देललाई हटाइएको हो।
- सिग्देललाई हटाएर शेखर रेग्मीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी गठन गरियो, जसमा सिग्देलले ओली गुटको आरोप लगाए।
सुनसरी । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका एमाले निकट अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्तीमा परेका छन् ।
जेनजी आन्दोलनका क्रममा सिग्देलले नेकपा एमाले अध्यक्ष ओलीको आलोचना गरेको थिए । सिग्देल अनेरास्ववियुको २३औँ जिल्ला अधिवेशनबाट अध्यक्ष चयन भएका थिए । जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउँदा विद्यार्थीको मृत्यु भएपछि उनले तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।
ओलीले हत्याको जिम्मेवारी लिनुपर्ने र विद्यार्थीको लासमाथि चढेर प्रधानमन्त्री भएर बस्नु लाजमर्दो भएको टिप्पणी सिग्देलले गरेका थिए । जेनजी आन्दोलनलाई समर्थन गरेका उनले ओली प्रवृत्तिको विरोध गरिरहेका छन् ।
सोही आरोपमा सिग्देललाई अध्यक्षबाट हटाइएको हो । सुनसरीको धरानमा विशेष भेला गरेर शेखर रेग्मीको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । रेग्मीले अनेरास्ववियु अधिवेशनमा अध्यक्षको दाबी गरे पनि पार्टी र बहुमत प्रतिनिधिले सिग्देललाई चुनेका थिए ।
अहिले सिग्देललाई हटाएर रेग्मीको नेतृत्वमा ५१ सदस्यीय समिति गठन भएको छ । जसको उपाध्यक्षमा आदित्य खड्का, सचिवमा अरुण चौधरी, सहसचिवमा इबेश डाँगी, मन्दिरा तुम्सा, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङ छन् ।
कोषाध्यक्ष सज्नु खड्का र कार्यालय सचिवमा सन्तोष तामाङ र अर्जुन निरौला चयन भएको अनेरास्ववियुले जनाएको छ । बर्खास्तीमा परेपछि सिग्देलले अनेरास्ववियु ओलीलाई भगवान् मान्ने गुटको सङ्गठन बनेको आरोप लगाएका छन् ।
विद्यार्थी हत्याको विरोध गर्न नसक्ने अवस्थामा सङ्गठनलाई पुर्याउनु गलत भएको भन्दै उनले व्यक्तिवादी चरित्रको विरोधमा सदैव लाग्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण