कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थपिए
कालीकोट । कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ७७२ थप भएका हुन् ।
नयाँ मतदातासँगै जिल्लामा मतदाता सङ्ख्या ८४ हजार ६४६ पुगेको छ । यसमा पुरुष मतादाता सङ्ख्या ४४ हजार ६०३ र महिला मतदाता सङ्ख्या ४० हजार ४३ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसअघि भने २०७९ निर्वाचनमा महिला थारैले पछि रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताए । उनका अनुसार २०७९ सालको निर्वाचनमा ८२ हजार ८७४ मतदाता थिए ।
सूचना अधिकारी मल्लका अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरीनाथ गाउँपालिकामा पुरुष छ हजार ८६७ जना र महिला छ हजार १९६ जना गरी १३ हजार ६३ जना रहेका छन् । यसपछि खाँडाचक्र नगरपालिकामा पुरुष छ हजार १२८ र महिला पाँच हजार ८११ जना गरी जम्मा ११ हजार ९३९ छन् ।
त्यसैगरी रास्कोट नगरपालिकामा दश हजार ५१६ जना, तिलागुफा नगरपालिकामा दश हजार १२५ , शुभ कालिका गाउँपालिकामा नौ हजार ३०९, पलाँता गाउँपालिकामा आठ हजार ६७६, सान्नीत्रिवेणी गाउँपालिका सात हजार ८८० जना, पचालझरना गाउँपालिकामा सात हजार ५३८ र महावै गाउँपालिकामा पाँच हजार ६०० मतदाता छन् ।
जिल्लामा १०३ मतदान स्थल र १२७ मतदानकेन्द्र कायम गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण