टी–२० विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा : कप्तानको जिम्मेवारी राशिद खानलाई
काठमाडौँ । आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि अफगानिस्तानले राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ। यो टोलीले विश्वकपअघि संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजसँग हुने तीन खेलको टी–२० शृङ्खला पनि खेल्नेछ।
अफगानिस्तानको टोलीमा तीव्र गतिका बलर फजलहक फारुकी, अफस्पिनर मुजिब उर रहमान, अलराउन्डर गुलबदिन नाइब र तीव्र गतिका बलर नवीन उल हक फर्किएका छन्। गत अक्टोबरमा बंगलादेश भ्रमणमा टोलीबाहिर रहेका फारुकी र नाइबले विश्वकपअघि पुनरागमन गरेका हुन्।
यस्तै, काँधको चोटका कारण लामो समय मैदान बाहिर रहेका नवीन उल हक पनि टोलीमा फर्किएका छन्। मुजिबको पुनरागमनसँगै युवा स्पिनर एएम गजनफर भने रिजर्भ खेलाडीको सूचीमा परेका छन्।
सन् २०२४ को टी–२० विश्वकपमा अस्ट्रेलिया, न्युजिल्यान्ड र वेस्ट इन्डिज जस्ता बलिया टोलीलाई हराउँदै पहिलो पटक सेमिफाइनल पुगेको अफगानिस्तानले यसपटक एसियाली मैदानमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
अफगानिस्तान क्रिकेट बोर्डका कार्यकारी प्रमुख (सीईओ) नसिब खानले अघिल्लो संस्करणको सुखद अनुभवलाई स्मरण गर्दै यसपटक वेस्ट इन्डिजसँगको शृङ्खलाले टोलीको तयारीमा थप मद्दत पुग्ने बताएका छन्।
विश्वकपमा अफगानिस्तान समूह ‘डी’ मा रहेको छ, जहाँ न्युजिल्यान्ड, दक्षिण अफ्रिका, यूएई र क्यानडा रहेका छन्। अफगानिस्तानले फेब्रुअरी ८ मा चेन्नईमा न्युजिल्यान्डविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ।
अफगानी टोलीः राशिद खान (कप्तान), इब्राहिम जड्रान (उपकप्तान), रहमानुल्लाह गुरबाज, मोहम्मद इसहाक, सेदिक्कुल्लाह अटल, दरविश रसुली, साहिदुल्लाह कमल, अजमतुल्लाह ओमरजाई, गुलबदिन नाइब, मोहम्मद नाबी, नूर अहमद, मुजिब उर रहमान, नवीन उल हक, फजलहक फारुकी र अब्दुल्लाह अहमदजाई।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण