रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आफूले चार वर्षअघि राप्रपा छाड्दा मन रोईरोई छाडेको भन्दै अहिले फर्कँदा खुसी लागेको बताएका छन् ।
बुधबार दुई राप्रपाको एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले पुरानो अनुभूति सुनाएका हुन् ।
‘यसलाई एकता भनिएपनि पुनर्मिलन हो । घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना बगाएर खडा गरेको घरमा फर्कँदा जुन किसिमको अनुभूति हुन्छ अहिले मलाई त्यही भइरहेको छ’, थापाको भनाइ छ ।
उनले २०७८ माघ अन्तिम साता अत्यन्तै भारी मनले राप्रपारुपी घर छाडेर गएको भन्दै त्यो खुसी मनले नछोडिएको बताए ।
‘खुसीले होइन,मन रोइरोई एक्लै अलग भएको थिएँ । विभिन्न प्रकारले पार्टी छाडेर जाँदा मन खुसी थिएन’, उनले भने, ‘त्यसवेला मलाई कतिले बुझेर नबुझेर आरोप लगाए, गिताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो । तर ती सबै कुरा असत्य हुन् । म खेलाडी पनि भएकाले हारलाई स्वीकार्ने व्यक्ति हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण